पुष्पा आत्मदाह घटना- इन्गेजमेन्ट तोड्ने सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ। आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

नेपालभ्युज

पुष्पा आत्मदाह घटना- इन्गेजमेन्ट तोड्ने सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

काठमाडौं। इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ। आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मङ्सिर १९ गते साँझ सुधनको घर नजिकै पुगेर पुष्पाले आफैँलाई पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो।

मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

घटना भएकै दिन सुधनसहित उनका दाजु र बाबुआमालाई पनि प्रहरीले पक्राउ गरेको थिए। तर अदालतले सुधनलाई मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन अनुमति दिएको दिएको छ। सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट गरेका थिए। तर इन्गेजमेन्टपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो। यो कुरा दुवैको परिवारसम्म पुग्यो।

‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

विवाह नहुँदै सम्बन्धमा दरार आएपछि दुवैका परिवारकै सल्लाहमा इन्गेजमेन्ट तोड्ने सहमति भएको थियो। इन्गेजमेन्ट तोडिएपछि सुधनको घरको गेट अगाडि पुष्पाले आफैँलाई आगो लगाएकी थिइन्।

भोलिपल्ट उनको मृत्यु भएको थियो।
पुष्पाका परिवारले भने आफ्नी छोरी जलिरहँदा पनि सुधन र उनका परिवारले बचाउने कुनै प्रयास नगरेको आरोप लगाएका छन्। साथै पुष्पाले आत्महत्या गर्न लाग्दा नरोकेर उल्टै दुरुत्साहन गरेको आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved