फिफा विश्वकप : पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरोक्कोलाई अग्रता

नेपालभ्युज

फिफा विश्वकप : पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरोक्कोलाई अग्रता

काठमाडौं । फिफा विश्वकपको तेस्रो क्वार्टरफाइनलको पहिलो हाफमा मोरोक्कोले पोर्चुगलविरुद्ध १–० को अग्रता बनाएको छ ।

कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता  दिलाएका हुन् ।

क्वार्टरफाइनल प्रवेशका क्रममा पोर्चुगलले स्विट्जल्यानडलाई ६–१ ले र मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेका थिए ।

आजको खेलमा जित निकाले मोरोक्को सेमिफाइनलमा पुग्नेछ ।

यो खेलको विजेता टिमले फाइनल प्रवेशका लागि फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved