‘शिवमसँग उपहार टन्न’योजना सार्वजनिक

नेपालभ्युज

‘शिवमसँग उपहार टन्न’योजना सार्वजनिक

काठमाडौं। शिवम् सिमेन्ट उद्योगले ‘शिवमसँग उपहार टन्न’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सफलताको श्रेय ग्राहकवर्गलाई दिँदै उक्त योजना ल्याएको हो । यो योजना कम्पनीले सार्वजनिक गरेका अहिलेसम्मका सबै योजनाभन्दा बढी धनराशिको रहेको कम्पनीको दाबी छ ।

योजना अन्तर्गत प्रत्येक २० बोरा सिमेन्ट खरिदमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् । कुपन स्क्र्याच गरी रू. २ सयदेखि ५ सयसम्म नगद, १५ ग्राम चाँदीको सिक्का, साढे २ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्रीमध्ये एउटा उपहार पाइने कम्पनीको दाबी छ ।

सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट तीन पटकसम्म जित्ने मौका पाउने कम्पनीको भनाइ छ ।

हरेक महीनाको लक्की–ड्रमार्फत पहिलो पुरस्कार दुई जोडी भाग्यशाली ग्राहकलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार चार जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार आठ जनालाई हीराको औंठी र पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार रहेको कम्पनीले बताएको छ । उक्त योजना आज (आइतवार)देखि लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved