विश्वकप फुटबल : पोल्याण्डसँग साउदी अरब पराजित

नेपालभ्युज

विश्वकप फुटबल : पोल्याण्डसँग साउदी अरब पराजित

काठमाडौं । विश्वकप फुटबलमा पोल्यान्डले साउदी अरेबियालाई २-० गोल अन्तरले हराएको छ ।

एड्युकेशन सिटी रंगशालामा शनिबार साउदी अरेबियालाई हराउँदै पोल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेल मेक्सिकोसँग बराबरी खेलेको उसले अहिलेसम्म ४ अंक जोडेको छ ।

साउदी ३ अंकसहित दोस्रो स्थान छ । पोल्यान्डको लागि पीटर जिलिन्स्कि र रोबर्ट लेवान्डाेकस्कीले गोल गरे।

३९ औ मिनेटमा जिलिन्स्किले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए । ८२ औ मिनेटमा लेवान्डाेकस्कीले दोस्रो गोल थपे । साउदीले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि बराबरीको मौका गुमाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved