विश्वकप फुटबल : पोल्याण्ड र साउदी अरेबिया भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : पोल्याण्ड र साउदी अरेबिया भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा पोल्याण्ड र साउदी अरेबिया भिड्दै छन्।

एड्युकेशन सिटी रंगशालामा शनिबार हुने खेलमा पोल्याण्ड र साउदी अरेबिया नेपाली समयअनुसार पौने ७ बजे आमने सामने हुँदैछन्।

साउदी अरेबिया दोस्रो जितको खेजीमा रहेको छ । पोल्याण्ड भने पहिलो जित निकाल्न चाहन्छ।

३ अङ्कसहित साउदी शीर्ष स्थानमा छ भने १ अङ्क जोडेको पोल्याण्ड दोस्रो स्थानमा छ। अहिलेसम्म पोल्याण्ड र साउदी अरेबियाबीच ४ खेल भएका छन्। ४ वटै खेलमा पोल्याण्डले बाजी मारेको छ ।

समूह चरणको पहिलो खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। साउदीका राजा सल्मानले सो जितको खुसीमा सरकारी, निजी संस्था तथा विद्यालयमा बिदा घोषणा गरेको थिए।

साउदीले पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकालेको थियो। अर्जेन्टिनामाथिको जितले साउदीको सम्पूर्ण टोलीको मनोबल उच्च भएको छ । यद्यपि, फ्रान्सेली प्रशिक्षक हर्भे रेनार्डले भने टोलीलाई केवल खेलमा ध्यान केन्द्रित गर्न भनेका छन्।

समूह चरणको २ खेल बाँकी रहेकोले खेलाडीले खुट्टा भुईमा राखेर अघि बढ्नु आवश्यक भएको प्रशिक्षक रेनार्डले बताएका थिए।

शनिबारको खेलमा भने साउदीले रोबर्ट लेवान्डोस्कीसहितको पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिको विरुद्धको खेलमा कप्तान लेवान्डोस्की पेनाल्टीमा चुक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो।

अन्तिम १६ मा पुग्न दुवैको लागि आजको खेल महत्वपुर्ण छ । समूह सीमा पोल्याण्ड र साउदी अरेबियासँगै मेक्सिको र अर्जेन्टिना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved