विश्वकप फुटबल : इरानको पहिलो जित

नेपालभ्युज

विश्वकप फुटबल : इरानको पहिलो जित
DOHA, QATAR - NOVEMBER 25: Roozbeh Cheshmi of IR Iran scores their team's first goal during the FIFA World Cup Qatar 2022 Group B match between Wales and IR Iran at Ahmad Bin Ali Stadium on November 25, 2022 in Doha, Qatar. (Photo by Richard Heathcote/Getty Images)

काठमाडौं। विश्वकप फुटबलमा इरानले पहिलो जित निकालेको छ। कतारको अहमद अली बिन रंगशालामा शुक्रबार भएको खेलमा इरानले वेल्सलाई २–० गोलअन्तरले पराजित गरेको हो।

निकै प्रतिस्पर्धात्मक भएको खेलको अन्तिम समयमा इरानले बाजी मार्‍यो। यससँगै इरानको अन्तिम १६ पुग्ने सम्भावना कायम नै छ। खेलमा हावी भएको इरानले गोल गर्ने धेरै अवसर गुमायो। इरानका लागि चेस्मी र रेजाइयनले गोल गरे।

खेलको १६औँ मिनेटमा अलि घोलिजादेहले गरेको प्रहारलाई अफसाइडका कारण गोल दिएन । खेलको ८६औँ मिनेटमा वेल्सका गोलरक्षक वेन हेनेसीले रेर्ड कार्ड पाए।

खेलको इन्जुरी समयमा चेस्मीले गोल इरानको लागि पहिलो गरे। त्यसको २ मिनेटपश्चात् नै इरानका लागि रेजाइयनले दोस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved