समानुपातिकमा कांग्रेस र एमालेले ल्याए ८ लाखभन्दा बढी मत

स्वतन्त्र पार्टी र माओवादी केन्द्रले कटायो चार लाख

नेपालभ्युज

समानुपातिकमा कांग्रेस र एमालेले ल्याए ८ लाखभन्दा बढी मत
फाइल फोटो

काठमाडौं। प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले आठ लाख मत कटाएका छन्। एमाले शीर्षस्थानमै छ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा दुवै दलले आठ लाख मत कटाएका हुन्।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार ४०९ मत पाएको छ। नेपाली कांग्रेसले आठ लाख ५७ हजार ६२१ मत पाएको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख ३२ हजार ५७५ मत प्राप्त गरेको छ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले चार लाख दुई हजार ४९९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार ३७५ मत पाएको छ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख १२ हजार ५७९ मत ल्याएको छ। त्यस्तैगरी जनमत पार्टीले ६७ हजार ६१४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार ५४७, नेकपा एकीकृत समाजवादीले ६१ हजार सात ४०० र नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार २०० मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार ४२३ मत पाएको छ। राष्ट्रिय जनमोर्चाले २१ हजार ८१४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार १८६ मत पाएको छ।

नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved