विश्वकप फुटबल : शुक्रबार ४ खेल हुँदै

नेपालभ्युज

विश्वकप फुटबल : शुक्रबार ४ खेल हुँदै

काठमाडौं। विश्वकप फुटबलमा आज शुक्रबार ४ खेल हुँदैछन्। कतारमा जारी विश्वकपमा समूह ए र बीको खेलहरु हुँदैछन्।

समूह एको खेलमा कतार र सेनेगल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे आमने सामने हुनेछन्।

अल थुमामा रंगशालामा हने खेलमा कतार र सेनेगल भिड्दैछन्। उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो।

पहिलो खेलमा सेनेगल भने नेदरल्याण्ड्ससँग १-० ले पराजित भएको थियो। अंकविहिन कतार तालिकाको पुछारमा छ भने सेनेगल तेस्रो स्थानमा छ।

अर्को खेलमा नेदरल्याण्ड्स र इक्वेडर राति पौने १० बजे भिड्दैछन्। इक्वेडर र नेदरल्याण्ड्सबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ। नेदरल्याण्ड्स शीर्ष स्थानमा रहेको छ भने इक्वेडर दोस्रो स्थानमा छ।

समूह बीको खेलमा भने इरान र वेल्स भिड्दै छन्। इरान र वेल्सबीचको खेल अहमद बिन अली रंगशालामा पौने ४ बजे हुँदैछ।

यसअघि वेल्स् र अमेरिकाबीचको खेल बराबरीमा सकिएको थियो। इङ्ल्याण्डले भने वेल्सलाई ६–२ ले पराजित गरेको थियो। १ अङ्क जोडेको वेल्स दोस्रो स्थानमा छ भने अंकविहिन इरान पुछारमा छ।

अर्को खेलमा इङ्ल्याण्ड र अमेरिका राति पौने १ बजे भिड्नेछन्। इङ्ल्याण्ड र अमेरिकाबीचको खेल अल बेत रंगशालामा हुनेछ। ३ अङ्कसहित इङ्ल्याण्ड तेस्रो स्थानमा छ भने १ अङ्क भएको अमेरिका तेस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved