विश्वकप फुटबल : ब्राजिलको विजयी सुरुवात

नेपालभ्युज

विश्वकप फुटबल : ब्राजिलको विजयी सुरुवात

काठमाडौं। विश्वकप फुटबलमा उपाधि दावेदार ब्राजिलले विजयी सुरुवात गरेको छ।

कतारको लुसेल रंगशालामा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले सर्बियालाई २-० गोल अन्तरले पराजित गरेको हो। यससँगै ब्राजिल ३ अङ्कसहित शीर्ष स्थानमा छ।

ब्राजिलको लागि रिचार्लिसनले गोल गरे। रिचार्लिसनले खेलको ६२ औँ मिनेटमा ब्राजिललाई अग्रता दिलाए।

खेलको ७३ औँ मिनेटमा ब्राजिलका लागि भिनियस जुनियरको पासमा रिचार्लिसनले भलीमार्फत दोस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved