धादिङमा एकीकृत समाजवादीका नेता पाण्डे विजयी

उनले पूर्व सहकर्मी एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् ।

नेपालभ्युज

धादिङमा एकीकृत समाजवादीका नेता पाण्डे विजयी

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।

उनले पूर्व सहकर्मी एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले ३५ हजार ९३४ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार त्रिपाठीले २७ हजार ९५३ मत ल्याएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत पाए । यो सँगै एकीकृत समाजवादीले ९ सिट जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved