समानुपातिकमा कुन दलले कति मत पाए ?

नेपालभ्युज

समानुपातिकमा कुन दलले कति मत पाए ?
फाइल फोटो

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दुई लाख मत कटाउने नेकपा माओवादी केन्द्रले चौथो दल बनेको छ।

नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ। जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ४ लाख ६७ हजार ८८५ मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ३१ हजार ६९५ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४२ हजार ८८८ मत प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले दुई लाख तीन हजार ५८७ मत प्राप्त गरेको छ। राप्रपा पाँचौं स्थानमा छ। राप्रपाले अहिलेसम्म एक लाख २४ हजार ४३४ मत प्राप्त गरेको छ।

जनता समाजवादी पार्टीले ५२ हजार ९०२ तथा नेपाल मज्दुर किसान पार्टीले ४४ हजार ९२३ मत प्राप्त गरेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved