नेप्सेमा ७ अंकले गिरावट,  एक अर्बको कारोबार

नेपालभ्युज

नेप्सेमा ७ अंकले गिरावट,  एक अर्बको कारोबार

काठमाडौं। निर्वाचनपछि खुलेको सेयर बजारमा दोस्रो दिन पनि ७ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७.७२ अंकले घट्दै १९२१.९९ अंकमा झरेको हो ।

अघिल्लो दिन अर्थात् मंगलबार पनि सेयर बजार सूचक नेप्सेमा ७ अंकको नै गिरावट आएको थियो । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्ससमेत १.७० अंकले घट्दै ३७७.९० अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तर, समग्रमा ७ अंकले घटेको बजारमा आज १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको २८ लाख ३९ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज म्यानु एण्ड प्रो र ट्रेडिङ बाहेकका ११ वटा उपसमूहको उपसूचक ऋणात्मक भएका छन् भने सिभिल बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved