विश्वकप फुटबल : जर्मनीलाई जापानले चुनौती दिन सक्ला ?

नेपालभ्युज

विश्वकप फुटबल : जर्मनीलाई जापानले चुनौती दिन सक्ला ?

काठमाडौं। विश्वकप फुटबलमा समूह ‘ई’ मा जर्मनी र जापान आमने सामने हुँदैछन्। खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार हुने खेलमा जर्मनी र जापान नेपाली समयअनुसार बेलुकी पौने ७ बजे भिड्नेछन्।

सन् १९६३ पश्चात जर्मनी र जापानले ४ खेल खेलेका छन्। जसमध्ये जर्मनीले २ मा जित निकालेको थियो भने २ खेल बराबरीमा सकिएको थियो। जर्मनीले ४ पटक विश्वकप जितेको छ।

सन् २०१० र २०१४ को विश्वकपमा जर्मनीलाई बलियो रुपमा प्रस्तुत गरेका थोमस मुलर पनि कतार विश्वकपको लागि तयार छन्।

३३ वर्षीय मुलरको अनुभव जर्मनी टोलीको बलियो पक्ष बन्न सक्ने देखिन्छ। सन् २०१८ को विश्वकपमा समूह चरणबाट नै बाहिरिएको जर्मनी कतारमा आफ्नो सहभागीता यादगार बनाउन चाहन्छ।

यद्यपि, जापान टोली पनि बलियो छ। जापान एसियाली मुलुकहरूको सूचीमा कडा प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत भएको छ।

युवा खेलाडीहरूको राम्रो सहभागिता भएको जापानी टोली उर्जाको साथ राष्ट्रिय गौरवको लागि प्रतिस्पर्धा गर्नेछन्।

जापानका मिडफिल्डर दाइची कामदा, काओरु मितोमा र ताकुमी मिनामिनो जर्मनीका इल्के गुन्डोगन, जोशुआ किमिच र जमाल मुसियालाई बराबरको टक्कर दिने देखिन्छन्।

जापानका कामदा, वातारु इन्डो र रितसु दोआनको बुन्डेसलिगाको अनुभव जर्मेनीविरुद्धको खेलमा प्रयोग हुने देखिन्छ।

दोआनको उत्कृष्ट ड्रिब्लिङ क्षमता र विष्फोटक दाहिने आक्रमक शैली जापानको बलियो पक्ष पनि हो। उपाधि दावेदार जर्मनीविरुद्ध जापानलाई सहज भने पक्कै हुने छैन।

यद्यपि, समूह ‘ई’ को यो रोमाञ्चक खेल हुने अनुमान गर्न सकिन्छ।समुह ई मा जापान र जर्मनीसँगै कोस्टारिका र स्पेन रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved