रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी

नेपालभ्युज

रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी

काठमाडौं । रोल्पाको प्रदेशसभा ‘क’मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा विजयी भएका छन् । महरा १९ हजार चार सय २५ मतको भारी मतान्तरका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलबहादुर बुढाथोकीले पाँच हजार चार सय ५ मत प्राप्त गरेका छन् । लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका महरा पहिलोपटक चुनावी प्रतिष्पर्धामा उभिएका हुन् ।

यस क्षेत्रमा राप्रपाका पदम बहादुर थापाले दुई हजार ६० र राप्रपा नेपालका गन्जबहादुर शाहीले छ सय १२ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved