समानुपातिकमा कांग्रेस एमालेलाई पछ्याउँदै

नेपालभ्युज

समानुपातिकमा कांग्रेस एमालेलाई पछ्याउँदै
फाइल फोटो

काठमाडौं। समानुपातिकमा नेकपा एमालेले दुई लाख मत कटाएको छ। पछिल्लो परिणमअनुसार एमालेले समानुपातिकमा दुई लाख १५ हजार ९४८ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ९३ हजार ८९ मत पाएको छ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ८२१ मत पाएको छ। चौथो स्थानमा रहेको एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्रले ९० हजार ३८४ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ५१ हजार १३ मत, जनता समाजवादी पार्टीको १६ हजार ५८८ मत, जनमत पार्टीको १५ हजार ८८५ मत, नेपाल मजदुर किसान पार्टी १३ हजार ६११ मत, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ११ हजार ७८५ मत र नागरिक उन्मुक्ति पार्टीको १० हजार १८२ मत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved