सुर्खेतको सिम्ता–६ मा पुन: मतदान सुरु

सुर्खेतको सिम्ता–६ मा पुन: मतदान सुरु

सुर्खेत। आइतबार स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिका–६ मा रहेको सिम्ता बहुमुखी क्याम्पसमा पुनः मतदान सुरु भएको छ ।

आइतबार स्थगित भएको निर्वाचन पुनः मतदान सुरु भएको हो ।
आइतबार प्रतिनीधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसाएपछि सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान स्थगित गरिएको थियो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको कारणले रोकिएको मतदान मंगलबार बिहान ७ बजेबाट पुनःमतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा २ हजार ९०० मतदाता रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved