पर्साका २ क्षेत्रमा कांग्रेस अगाडी, एकमा जसपाको अग्रता

नेपालभ्युज

पर्साका २ क्षेत्रमा कांग्रेस अगाडी, एकमा जसपाको अग्रता

जनकपुरधाम । पर्साका तीन क्षेत्रमा मतगणना चलिरहेको छ । एक क्षेत्रमा सुरु हुन सकेको छैन । मतगणना भइरहेकामध्ये दुईवटामा कांग्रेसको अग्रता छ ।

एउटा क्षेत्रमा जसपाले अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा जसपाका प्रदीप यादवले ६०० मतसहित अग्रता लिएका छन् । स्वतन्त्र अजयकुमार द्विवेदीले ४०० र राप्रपाका किरणमान डंगोलले २०० मत पाएका छन् ।

पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसका अजयकुमार चौरसियाले १३१५ मतसहित अग्रता लिएका छन् । जसपाका सुरेन्द्र प्रसाद कुर्मीले ४९६ मत ल्याएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छैन । पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल ९४९ मतसहित अगाडी छन् । एमालेका जालिम मियाँ मंसुरीले ८४२ मतसहित पछ्याइरहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved