‘जब बोल्न मन लाग्छ, म बोल्छु’ : रोनाल्डो

नेपालभ्युज

‘जब बोल्न मन लाग्छ, म बोल्छु’ : रोनाल्डो

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफूले ‘मन लागेको बेला बोल्ने’ अभिव्यक्ति दिएका छन् । सोमबार कतारमा भएको एक पत्रकार सम्मेलनमा अचनाक प्रस्तुत भएका रोनाल्डोले सो अभिव्यक्ति दिएका हुन्।

म्यान्चेस्टर युनाइटेडसँगको विवादले विश्वकपमा पोर्चुगललाई असर नपर्ने रोनाल्डोले दाबी गरे। ‘मेरो जीवनमा उत्कृष्ट टाइमिङ भनेको जहिले मेरो टाइमिङ हो।’, रोनाल्डोले सम्मेलनमा बताए।

‘मलाई अरू मानिसले के सोच्छन् भनेर सोच्नु पर्दैन। जब बोल्न मन लाग्छ, म बोल्छु। मलाई वर्षौंदेखि चिन्ने खेलाडीहरूलाई म कस्तो मानिस भनेर थाहा छ। पोर्चुगाली टोली महत्त्वाकांक्षी र एकाग्र टोली हो। त्यसैले, पनि टोलीको ध्यान भङ्ग नहुनेमा म ढुक्क छु।’, रोनाल्डोले बताए।

‘टकटिभी’ मा क्लबबारे आलोचनात्मक अन्तवार्ता दिएसँगै युनाइटेडले रोनाल्डोमाथि कानुनी प्रक्रियाको अध्ययन गरिरहेको छ। रोनाल्डोले सो अन्तवार्तामा आफूलाई क्लबले धोका दिएको र प्रशिक्षक एरिक टेन ह्यागप्रति कुनै सम्मान नभएको बताएका थिए।

नोभेम्बरमा ६ मा भएको एस्टन भिलाविरुद्धको खेलमा युनाइटेड ३–१ ले पराजित भएको थियो। सो खेलमा रोनाल्डो कप्तान थिए। त्यस खेलपश्चात् स्वास्थ्य समस्याका कारण उनले युनाइटेडका खेलहरू गुमाएका थिए।

यद्यपि, कतार विश्वकपको लागि भने रोनाल्डो स्वस्थ भएको जनाएका छन्। उनले पोर्चुगल टोली क्षमतावान् भएको र विश्वकपमा उत्कृष्ट टोली भएको मैदानमा पुष्टि गर्ने आशावादी भावना प्रस्तुत गरे।

बिहीबार हुने समूह एचको खेलमा रोनाल्डोको नेतृत्वमा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ। युनाइटेडसँग रोनाल्डोको सम्झौता आगामी ७ महिनाको लागि बाँकी छ। यद्यपि, क्लबले सम्झौता खारेज गरे रोनाल्डोलाई जनवरीमा हुने ट्रान्सफरको लागि बाटो खुल्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved