आयोग गौंडा-गौंडामा बसेको छ, आचारसंहितालाई छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

नेपालभ्युज

आयोग गौंडा-गौंडामा बसेको छ, आचारसंहितालाई छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । आयोगले कडाइ गरेका कारण विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो ।

शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लंघन हुनसक्ने खतरा भने रहेको बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरू लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरूप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए ।

‘आयोग यो समयावधिमा गौंडागौंडामा बसेर हेरिरहेको छ । उहाँहरू बर्दीमा नहुनुहोला तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ । तर बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चियाउने प्रयास नगर्नुहोला’ उनले भनेका छन् ।

आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको स्मरण गराए । आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सम्पन्न गर्न आयोग हरक्षण लागेको बताए ।

‘पहिला हामी आचारसंहिता कार्यान्वयन गर्न सुधारात्मक पक्षमा थियौं । सचेत मात्रै गराइरहेका थियौं । अहिले हामी थोरै भएपनि दण्डात्मक रुपमा पेस भएका छौं । कोही पनि चाहे एक रुपैयाँ होस् चाहे लाख रुपैयाँ होस्, कोही पनि दण्डको भागी हुन्छ भने उसले प्रचलित कानुनबमोजिम तर्जुमा भएको आचारसंहिता उल्लंघन गरेको नै ठहर्छ’ भण्डारीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved