बालमैत्री निगरानी कक्षलाई पुस्तक हस्तान्तरण

बालमैत्री निगरानी कक्षलाई पुस्तक हस्तान्तरण

सुर्खेत। जिल्ला प्रहरी कार्यालय कालीकोटको बालमैत्री निगरानी कक्षलाई पुस्तकहरूहस्तान्तरण गरिएको छ । प्रहरी कार्यालय भित्र रहेको बालमैत्री निगरानी कक्षमा रहेका बालवालिका तथा महिलाहरुलाई पठ्नपाठनका लागि पुस्तकहरूहस्तान्तरण गरिएको हो ।

बालमैत्री निगरानी कक्षमा आउने बालवालिका तथा महिलाहरुलाई पढ्नका लागि सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयोगमा पुस्तक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटमा छुट्टै बालमैत्री निगरानी कक्ष रहेको र त्यहाँ रहेको महिला सेलमा आउनेलाई ज्ञानवर्द्धक शिक्षा दिनका लागि इतिहास, भुगोल, सामान्य ज्ञान, कानुन सम्बन्धिका पुस्तक, साहित्यिक तथा बाल साहित्यका पुस्तक हन्तान्रण गरिएको किर्डान नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताए ।

‘निगरानी कक्षमा रहँदा बालबालिका शिक्षा दिनका लागि पुस्तक हस्तान्रण गरिएको छ ।’ उनले भने,‘निगरानी कक्षमा रहँदा पनि कुनै पनि व्यक्ति पढ्ने अधिकारबाट बञ्चित नहोस भनेर पुस्तक हस्तान्तरण गरिएको छ ।’

प्रहरीको निगरानी कक्षमा रहँदा बालवालिकाले ज्ञान सिक्ने कुरा बञ्चित नहोस भनेर रु. ३८ हजार आठ सय बराबरको पुस्तक हस्तान्तरण गरिएको सेभ द चिल्ड्रेन कालीकोटका कार्यक्रम संयोजक बाले विश्वकर्माले बताए । ‘हामीले कुनै पनि बालवालिका शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्य राख्ने गरको छौं ।’ उनले भने,‘त्यसै आधारमा हामी हरेक क्षेत्रका रहेका बालबालिकालाई शिक्षाको पहुँचमा लैजाने उद्देश्य राख्ने गरेका छौं । त्यसै आधारमा प्रहरी कार्यालयका निगरानी कक्षमा रहेका बालवालिकाले पढ्ने बानी बसाल्नका पुस्तक हस्तान्तरण गरिएको हो ।’

जिल्ला प्रहरी कार्यालय कालीकोटमा बाल निगरानी कक्ष छुट्टै रहेको र त्यहाँ रहने बालवालिकाका लागि छुट्टै पुस्तकालय राखिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक(डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved