नेपाली पात्रो र लोकपथ डटकमबीच सहकार्यका लागि सम्झौता

नेपालभ्युज

नेपाली पात्रो र लोकपथ डटकमबीच सहकार्यका लागि सम्झौता

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको ताजा अपडेट समेटिएको ‘आम निर्वाचन २०७९’ नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने भएको छ ।

जिनियस सिस्टम्स प्रा.लि.द्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रा.लि.ले सञ्चालन गरेको लोकपथ डटकमबीच सहमति भएको हो । आम निर्वाचन २०७९ को प्रत्यक्ष तथ्याङ्क अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउनका लागि सो सहकार्य भएको नेपाली पात्रोले जनाएको छ । लोकपथ डटकममा आगामी निर्वाचनको अपडेटलाई नेपाली पात्रोमा फिचर गर्ने उद्देश्यले यो सहमति भएको छ ।

नेपाली पात्रोको आइओस एपस्टोर र एन्ड्रोइड प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रो र आधिकारिक वेबसाइटमा निर्वाचनसँग सम्बन्धित सबै तथ्याङ्क तथा प्रत्यक्ष अपडेटलाई पाठक वा प्रयोगकर्ताहरूबीच प्रभावकारी तरीकाले पुर्याउने उद्देश्यले सो सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, इन्की क्विल इन्टरनेशनल प्रधान सम्पादक, सम्पादक तथा सक्रिय पत्रकारहरूलाई तोकेको भूमिका र मिडिया अपडेटको जिम्मेवारीहरू पूरा गर्न इजाजत प्राप्त गरेको संस्था हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved