एयर इन्डियाले ४ वटा एयरलाइन्स ब्रान्डलाई एउटै कम्पनीमा गाभ्दै

नेपालभ्युज

एयर इन्डियाले ४ वटा एयरलाइन्स ब्रान्डलाई एउटै कम्पनीमा गाभ्दै

काठमाडौं। टाटा समूह एयर इन्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्रान्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ । यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरसमेत एयर इन्डियामा गाभिने भएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार टाटा समूहले यो योजना सफल बनाएमा संसारकै शक्तिशाली एयरलाइन्स कम्पनीमध्ये एयर इन्डिया पनि एक हुनेछ । टाटाले भिस्तारालाई समेत एयर इन्डियामा गाभ्ने तयारीका क्रममा सिंगापुर एयरलाइन्ससँग प्रस्ताव गरिसकेको समेत समाचारमा उल्लेख छ ।

टाटा समूहले सरकारी स्वामित्वको एयर इन्डियाको सेयर खरिद गरेको थियो । एयर इन्डिया खरिद गर्नु अगाडि नै भिस्तारा र एयर एसिया टाटाले चलाइरहेको थियो । एयरइन्डिया खरिद गरेपछि भने टाटासँग एयर इन्डिया एक्स्प्रेस समेत समाहित भयो । यसरी अहिले टाटासँग चार वटा एयरलाइन्स कम्पनी रहेका छन् । एयर इन्डिया आक्रामक बजार विस्तारको तयारीमा छ ।

समाचारमा उल्लेख भए अनुसार कम्पनीले निकट भविष्यमै ३ सय वटा जहाज अर्डर गर्ने तयारीमा छ । अहिले नेपालमा भारतबाट एयर इन्डिया, भिस्तारा र इन्डिगो एयरले नियमित उडान गरिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved