जुम्लामा निर्वाचन आयोगको गाडी दुर्घटना, निर्वाचनमा खटिएका ६ जना घाइते

जुम्लामा निर्वाचन आयोगको गाडी दुर्घटना, निर्वाचनमा खटिएका ६ जना घाइते

सुर्खेत। जुम्लाको तिला गाउँपालिका–४ रावतवाडास्थित जनजागृति माध्यमिक विद्यालय ताम्ती मतदान केन्द्रमा खटिएको टोली चढेको गाडी दुर्घटना भएको छ । भे. १ च.२१८८ नम्बर जीप दुर्घटना भएको हो ।

जिपमा निर्वाचनमा खटिएका ८ जना सवार रहेको र तीमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जीप अनियन्त्रित भई त्रिवेणी–टोप्ला भित्री सडकखण्डबाट २० मिटर तल खस्न जाँदा दुर्घटना भएको प्रहरीको भनाई रहेको छ ।

दुर्घटनामा परी घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । चालक सुरेश सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको र मत सामाग्री र मानवीय कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्नेमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved