नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। पहिलो चरण अन्तर्गत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।

नेपालभ्युज

नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

काठमाडौं। नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। पहिलो चरण अन्तर्गत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।

त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, अहिले निगमको काठमाडौँबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ। त्यहाँबाट यात्रु ओरालेर काठमाडौं फर्किने छ।

उनका अनुसार, यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने जनाएको छ ।

निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शीतकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौँबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved