सुर्खेतमा सासुको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

सुर्खेतमा सासुको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

सुर्खेत। सुर्खेतमा सासुको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । सुर्खेतको लेकबेसी नगरपालिका–९ चौरासेस्थित तिल्केपानीकी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या गरेको आरोपमा उनका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको हो ।

डिल्लीसराको टाउकोमा गम्भीर चोट लागेको र उनलाई मृत अवस्थामा स्थानीयले फेला पारी वडा अध्यक्ष सोमैलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एव प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

डिल्लीसरा खेतमा रहेको कच्ची घरमा बस्दै आएको र उनको शव घरदेखि डेढ किलो मिटर टाढा रहेको भेटिएको घटनाको अनुसन्धान गर्दै जाँदा सुर्खेत लेकबेसी नगरपालिका–९ का ३३ वर्षीया ज्वाइँ नाता पर्ने शालिकराम बास्तोला हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

शालिकरामको डिल्लीसरासँग वादविवाद हुँदा सालिकरामले डिल्लीसरालाई धकेल्दा ढुङ्गामा टाउको ठोकिँदा डिल्लीसराको घटनास्थलमा मृत्यु भएको डीएसपी कार्कीले बताए । ‘बास्तोला फरार रहेको र घटना सोमबार बेलुका भएको निजको खोजी गर्दा भेरीगंगा नगरपालिका नगरपालिका–५ कालिदमारस्थित आफ्नो बहिनी घरमा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।’ उनले भने,‘पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved