रामचन्द्रलाई भोट माग्दै प्रचण्डले भने- जिताउनुस् कार्यकारी भूमिकामा पुग्ने सम्भावना बढ्यो

नेपालभ्युज

रामचन्द्रलाई भोट माग्दै प्रचण्डले भने- जिताउनुस् कार्यकारी भूमिकामा पुग्ने सम्भावना बढ्यो
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई धेरै मत दिएर जिताउन आग्रह गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आइतबार आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उनि देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गरे ।

नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको बताउँदै उनले भने, ‘पौडेललाई धेरै मत दिएर जिताउनुस् उहाँ  कार्यकारी भूमिकामा पुग्ने सम्भावना बढ्यो, बढ्यो, बढ्यो ।’।

‘यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ’, उनले भने । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको उनले बताए

उनले नेकपा (एमाले) लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताए । ‘संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ’, उनले भने ।

‘घटनाक्रमको विकास लामो सङ्घर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्‍यौँ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो’, उनले भने । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै  उनले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved