सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

नेपालभ्युज

सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं। सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा उत्पादनमुलक उपसूचक सर्वाधिक ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्से एक प्रतिशत माथिले वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब पुग्न सकेन ।

सोमबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved