नेपालले जित्यो साफ यू–१५ महिलाको उपाधि

नेपालभ्युज

नेपालले जित्यो साफ यू–१५ महिलाको उपाधि

काठमाडौं। नेपालले साफ यू–१५ महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएसँगै नेपालले उपाधि जितेको हो ।

नेपालको लागि सुशीला केसीले खेलको १४ औं मिनेटमा गोल गरिन् । खेलको ५४औं मिनेटमा बंगलादेशका लागि रुमाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याइन् ।

खेल बराबरीमा सकिएसँगै अपराजित नेपालले ४ खेलबाट १० अंक जोड्यो । शीर्ष स्थानमा रहेको नेपालले उपाधि जित्यो ।

४ खेलबाट ७ अंक जोडेको बङ्गलादेश भने उपविजेता बन्यो ।

डबल राउन्ड रोबिन लिगमा खेलाइएको यस प्रतियोगितामा नेपाल,बङ्गलादेश र भुटानको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved