स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा

नेपालभ्युज

स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा

काठमाडौं। स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे।

सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे ।

श्रृजनाका मिसन गोलेले ४, युनिकका सन्जित रिमालले ४ र रेडिअन्टका विदान कार्कीले ८ स्कोर गरे ।

सिनियर  गर्ल्समा लोक आदर्शले सनसाइनलाई ४–३ तथा डिफेन्डिङ च्याम्पियन निम्सले स्वर्णिमलाई १६–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लोक आदर्शकी सम्मानिका ठकुरीले ३ तथा निम्सकी सरेना सुनवारले ६ अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले विस्डमलाई ३९–८, काठमाडौं जेभियरले हेम्सलाई ३०–२८, डिफेन्डिङ च्याम्पियन निम्सले राइजिङ स्टारलाई ४१–६, एचएचसीएले स्वर्णिमलाई ३४–१५ र बौद्ध चिल्ड्रेन हेभनले द एक्सेल्सियरलाई ३१–१० ले पन्छाए ।

विजेता सबै क्वाटरफाइनलमा पुग्न सफल भए । ग्रिनफिल्डका सशान्त कार्कीले २१, काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले ८, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापा मगरले १४ स्कोर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved