ट्रकले स्कूटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नेपालभ्युज

ट्रकले स्कूटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं। बसुन्धरामा ट्रकले स्कूटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरा जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कूटरलाई ठक्कर दिँदा दुई जनाको बुधबार राती मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-९ घर भएका ४७ वर्षीय बेलबहादुर रानामगर र सोही क्षेत्रकी ४७ वर्षीय कल्पना रानामगर रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए। प्रहरीले दुर्घटनामा सङ्लग्न ट्रक र ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved