विरोध खतिवडामाथि अभद्र व्यवहार, एक पक्राउ

नेपालभ्युज

विरोध खतिवडामाथि अभद्र व्यवहार, एक पक्राउ

मकवानपुर। मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ।

मनहरी गाउँपालिका वडानम्बर –४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका नेता खतिवडामाथि दुर्व्यवहार भएको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले घट्नाबारे थप अनुसन्धान भइरहेको बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए।

चुनावी कार्यक्रममा भोट माग्न पुगेका खतिवडालाई मादक पदार्थ सेवन गरेका खड्काले गाडीबाट झर्ने बित्तिकै थप्पड हानेका हुन्। खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved