निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न जुटेका छौं : मुख्यनिर्वाचन अधिकृत प्याकुरेल

नेपालभ्युज

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न जुटेका छौं : मुख्यनिर्वाचन अधिकृत प्याकुरेल

जनकपुरधाम । मधेस प्रदेशका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मंसीर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पुरा गर्न निर्वाचन कार्यालय जुटीसकेको बताएका छन् ।

निर्वाचन कार्यालय मधेस प्रदेश जनकपुरधाम र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले सोमबार जनकपुरधाममा आयोजना गरेको स्वच्छ , निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भुमिका र प्रतिबद्धता विषयक अन्तरसम्बाद कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले धनुषामा निष्पक्ष, भयरहित तथा स्वतन्त्रता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि कार्यालयले सरोकारवाला निकायसँग निरन्तर गृह कार्यमा रहेको जानकारी दिए ।

उनले निर्वाचन शान्तिपूर्ण तथा निष्पक्ष बनाउनको लागि सम्बन्धीत सबै क्षेत्र र सरोवालाहरुलाई आवश्यक सहयोग गर्न समेत आग्रह गरे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निष्पक्ष तथा भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकाय गम्भीर भएर लागेको बताउँदै भारतीय नम्बर प्लेटको गाडी तथा शंकास्पद व्यक्तिलाई प्रचार प्रसारमा अवरोध गर्ने काम भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालयका जनकपुरधामका प्रमुख मञ्जु खतिवडाले निर्वाचनलाई निष्पक्ष तथा भयरहित रुपमा सम्पन्न गर्दै मानव अधिकारको अधिकतम ख्याल गरेर मतदान केन्द्रको व्यवस्थापन हुनुपर्ने धारणा व्यक्त गरीन्।

कार्यक्रमका सहभागीहरूले चुनावलाई शान्तिपूर्ण तथा भयरहित रुपमा सम्पन्न गर्नका लागि भएको सुरक्षा थ्रेटप्रति सरोकारवाला निकायहरू गम्भीर भएर मतदान सम्मको अवधिमा सहज वातावरण बनाउनेतर्फ सजग रहन आवश्यक रहेको औँल्याएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved