‘मण्डले’हरू लखेटेर समीक्षा बाँस्कोटाले नेतृत्व गरेको पार्टी हो विवेकशील साझा : रेग्मी

विवेकशील साझा पार्टीको निर्वाचन प्रचारप्रसार समिति संयोजक सूर्यदीप रेग्मीले विवेकशील साझा पार्टी ‘मण्डले’हरूले नभइ समीक्षा बाँस्कोटाले नेतृत्व गरेको लोकतान्त्रिक पार्टी भएको बताएका छन् ।

नेपालभ्युज

‘मण्डले’हरू लखेटेर समीक्षा बाँस्कोटाले नेतृत्व गरेको पार्टी हो विवेकशील साझा : रेग्मी

नुवाकोट। विवेकशील साझा पार्टीको निर्वाचन प्रचारप्रसार समिति संयोजक सूर्यदीप रेग्मीले विवेकशील साझा पार्टी ‘मण्डले’हरूले नभइ समीक्षा बाँस्कोटाले नेतृत्व गरेको लोकतान्त्रिक पार्टी भएको बताएका छन् । विवेकशील साझाको जिल्ला यात्रा चुनावी अभियानअन्तर्गत नुवाकोटको बट्टारमा आयोजित कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै रेग्मीले विवेकशील साझा पार्टी स्थापनाको मर्म नमरेको बताएका हुन् ।

पार्टीको तत्कालीन नेतृत्व वैचारिकरूपले स्खलित भइ चिहानमा पुगिसकेको राजसंस्थाको ढ्याङ्ग्रो ठोक्दै हिँडेपछि लाखौं युवाको वैकल्पिक राजनीतिप्रतिको आकर्षण र विवेकशील साझाको स्थापनाको मर्म मर्न नदिन बाँस्कोटा नेतृत्वमा पार्टी अझ बढी उत्साहका साथ अघि बढेको रेग्मीको भनाइ छ ।

पार्टी छोडेर जाने केही थान राजावादीहरूले विवेकशील साझा सकिएको भ्रम फैलाउँदै हिँडेकोप्रति आक्रोश व्यक्त गर्दै रेग्मीले मंसिर ४ गते मतदान गरेर सुतेपछि ५ गते ब्यूँझिँदा फेरि उज्यालो हुने र ४० वटा पहेँलो पात झर्दैमा विवेकशील साझा नसकिने दाबी गरे । रेग्मी आसन्न प्रतिनिधि सभाका लागि सुर्खेतबाट समानुपातिक उम्मेदवार हुन् ।

विवेकशील साझाले चुनावी अभियानअन्तर्गत नेतृत्वको देश यात्रा अभियान आजदेखि सुरू गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved