देशभर म्यादी प्रहरी परिचालन, कुन जिल्लामा कति खटिँदैछन् ? (सूचीसहित)

नेपालभ्युज

देशभर म्यादी प्रहरी परिचालन, कुन जिल्लामा कति खटिँदैछन् ? (सूचीसहित)

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्र्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

सुरक्षासम्बन्धी करिब एक साताको तामिल पूरा गरेका म्यादी प्रहरीहरू ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिनेछन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने डीआईजी राईले बताए । उनले भने,‘मंसिर ८ सम्म म्यादीलाई निर्वाचन सुरक्षामा खटाउँछौँ ।’

मनाङ जिल्लामा सबैभन्दा धेरै २ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको छ । मुस्ताङमा २ सय ८५ जना म्यादी भर्ना गरिएको छ । काठमाडौंमा ३ हजार २७९ जना म्यादी परिचालन गरिएको छ । काभ्रेमा १ हजार ८८७ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रुपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved