ग्लोबल आईएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

नेपालभ्युज

ग्लोबल आईएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले वडा नं. १७ स्थित बिरौटा र वडा नं. २४ स्थित पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।

दुईवटा नयाँ शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २९२ पुगेको छ ।

नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved