बालेन भन्छन्-जघन्य अपराधका घटनामा मेलमिलाप गर्नुहुँदैन

नेपालभ्युज

बालेन भन्छन्-जघन्य अपराधका घटनामा मेलमिलाप गर्नुहुँदैन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जघन्य अपराधका घटनामा मेलमिलाप गर्न नहुने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले बुधबार यहाँ आयोजना गरेको ‘वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी छलफल’मा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताएका हुन् । ‘जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ’, उनले भने।

नगरप्रमुख शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । नगरप्रमुख शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्न लागेको जानकारी दिए । महानगरपालिकाको न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख डङ्गोलले महिला सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने बताईन्।

‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अगाडि बढाएका छौँ, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो’, उनले भने । काठमाडौँ महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved