तीन महिनामै ३ अर्ब ८० करोडको फलफूल आयात

नेपालभ्युज

तीन महिनामै ३ अर्ब ८० करोडको फलफूल आयात

काठमाडौं। चालू आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।२०७९ सालको साउन, भदौ र असोज महिनामा विभिन्न देशबाट नेपालमा उक्त मूल्य बराबरको फलफूल भित्रिएको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको छ । उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रूपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुइँकटहर नेपाल भित्रिएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रूपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रूपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।

यस्तै, १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रूपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रूपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved