इंग्लिस प्रिमियर लिग : नटिङघम फरेस्टमाथि आर्सनलको फराकिलो जित

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग : नटिङघम फरेस्टमाथि आर्सनलको फराकिलो जित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङघम फरेस्टलाई ५-० गोल अन्तरले पराजित गरेको छ। आइतबार राति भएको खेलमा आर्सनलले फरेस्टलाई ५-० गोल अन्तरले हराएको हो।

आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे। गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल गरे। आर्सनलले खेलको पाँचौं मिनेटमा मार्टिनेलीको गोलबाट सुरुआती अग्रता बनाएको थियो।

खेलको ४९ औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए। नेल्सनले ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलको अग्रता तेब्बर बन्यो।

खेलको ५७ औं मिनेटमा थोमसले गोल गरेपछि आर्सनल ४-० ले अघि रह्यो। त्यसपछि खेलको ७८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ५-० को जित दिलाए। यस जितसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। आर्सनलले १२ खेलमा ३१ अंक जोडेको छ भने फरेस्ट ९ अंक जोडेर पुछारमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved