मेरा लागि गोरखा अहिलेसम्मका चुनावमध्ये सहज छ : प्रचण्ड

नेपालभ्युज

मेरा लागि गोरखा अहिलेसम्मका चुनावमध्ये सहज छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना लागि गोरखा अहिलेसम्मको चुनावमध्ये सहज भएको बताएका छन्।

आइतबार बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले यहाँ आउँदा रिल्याक्स फिल गरेको पनि बताएका छन्। गठबन्धनभित्र दरिलो एकता भएको उनको भनाइ थियो।

प्रचण्डले भने, ‘गोरखा आउन पाएकोमा खुसी छु। अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज। यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु। गोरखामा निश्चित सपना बोकेर आएको छु। यहाँ आउनुको उद्देश्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ। गठबन्धनभित्र पनि दरिलो एकता भएको छ।’

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको परिवर्तन सुशासन र विकासले गति लिएर परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेको जस्तो नभएको प्रचण्डले स्वीकारे।

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे। यसअघि चुनाव लडेको चितवन छोडेर यो पटक गोरखा पुगेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved