आरबी साल्जबर्गलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी नकआउट चरणमा

नेपालभ्युज

आरबी साल्जबर्गलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी नकआउट चरणमा

काठमाडौं। इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरण अन्तर्गत मंगलबार राति आरबी साल्जबर्गलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी नकआउट चरणमा पुगेको हो।

चेल्सीको जितमा माटियो कोभासिस र काइ हार्भट्जले एक एक गोल गरे। साल्जबर्गका जुनियर एडामुले एक गोल फर्काए। खेलको २३ औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए।

४८ औं मिनेटमा जुनियरले गोल गर्दै साल्जबर्गलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ६४ औं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए।

जितसँगै समूह ‘ई’ को चेल्सीले ५ खेलमा १० अंक जोडेको छ। चेल्सी समूहको शीर्ष स्थानमा रहेको छ। साल्जबर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved