टि-२० विश्वकप क्रिकेट

श्रीलंकाद्वारा आयरल्यान्ड पराजित

नेपालभ्युज

श्रीलंकाद्वारा आयरल्यान्ड पराजित

काठमाडौं।आईसीसी टी–ट्वान्टी विश्वकपअन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले आयरल्यान्डलाई सहजै पराजित गरेको छ ।

आइतबार भएको खेलमा खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा १२९ रनको लक्ष्य आयरल्यान्डले १५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ६८ रन बनाए । ४३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, धनन्जय डी शिल्भा र चारिता अशलंकाले ३१–३१ रन जोडे ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । आयरल्यान्डका लागि ह्यारी टेक्टोरले सर्वाधिक ४५ रनको योगदान गरे ।

यस्तै, पाउल स्ट्रलिङले ३४ रन जोडे । श्रीलंकाका लागि महेशा थेक्षाना, वानिन्दु हर्शरंगाले दुई –दुई विकेट लिए । विश्वकपमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved