टक्सारबाट असर्फी आइतबारसम्म किन्न पाइने

नेपालभ्युज

टक्सारबाट असर्फी आइतबारसम्म किन्न पाइने

काठमाडौं।  नेपाल राष्ट्र बैंकले बिहीबारदेखि तिहारलक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरूको बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट सुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार गत वर्षहरू जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ भने रु. १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । रु. १००० अंकित चाँदीको सिक्काको मूल्य १६ सय रुपैयाँ तोकिएको छ ।

सुनको सिक्काको भने दैनिक सुनको बजार भाउअनुसार मूल्य निर्धारण हुने र सिक्काको निर्माण, व्यवस्थापन खर्चवापत प्रतिग्राम थप २ सय रुपैयाँ शुल्क लाग्ने नेपालले बताए ।

खासगरी तिहारको धनतेरसका दिन यस्ता सुनका सिक्का, असर्फी तथा टक्सारहरु गृह प्रवेश गराउँदा ठूलो धन वृद्धि हुने जनविश्वास रहँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved