विश्वसनीय निर्वाचनको लागि आयोगका दुई मान्यता !

‘निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्रकाे सबलता पुष्टि गर्दछ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।’

नेपालभ्युज

विश्वसनीय निर्वाचनको लागि आयोगका दुई मान्यता !

काठमाडौँ । विश्वसनीय निर्वाचनका लागि निर्वाचन आयोगले दुई मान्यता अगाडि सारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे प्रष्ट पार्दै बिहीबार आयोजित एक कार्यक्रममा भने, ‘निर्वाचन निर्वाचनजस्तै हुनुपर्छ । यसलाई आफ्नो निष्ठामा रहन दिनुपर्छ ।’

प्रमुख आयुक्त थपलियाले ‘निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन’ भनि पहिलो मान्यता उल्लेख गरेका छन् । ‘विश्वसनीय निर्वाचनलाई कोही-कसैको पद, पैसा र पहुँचले प्रभावमा पार्नु हुँदैन,’ उनले भने, ‘यो निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ ।’ विगतका निर्वाचनहरू पनि यो सन्दर्भबाट खास सग्लाे नरहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले थपे, ‘त्यो भएर निर्वाचन आयोगले भनेको हाे अबको निर्वाचन साँच्चै निर्वाचनजस्तै हुनुपर्छ ।’

उनले सामाजिक सञ्जालको व्यवस्थित प्रयोगलाई दोस्रो मान्यता भनेका छन् । उनले भने, ‘निर्वाचनकाे स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नुपर्छ । सुसूचित गर्ने सन्दर्भमा अहिले सामाजिक सञ्जाल निकै महत्त्वपूर्ण प्लेटफर्म हो ।’

यी दुईवटै विषयहरू निर्वाचनको निष्ठासँग जोडिएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्रकाे सबलता पुष्टि गर्दछ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यो अनुभवले हामीलाई पनि स्वाभाविकरूपले निर्वाचनको निष्ठा जोगाउने काममा आयोगले उच्च प्राथमिकताका साथ काम गर्नुपर्छ भनेर प्रेरित गरेको छ ।’

याे विषय निर्वाचन आयोगको मात्रै नभइ सम्पूर्ण निर्वाचनका सरोकारवालाहरूको भएकाे उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved