देउवा, ओली र प्रचण्डको क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावपछि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका प्रमुख तीन ठूला दलका नेतृत्वकर्ता शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड प्रत्यक्ष चुनावी मैदानमा छन्। उनीहरू भारी मतले जितेर प्रधानमन्त्रीको कुर्सीमा बस्न चाहन्छन्। कस्तो छ त उनीहरुको निर्वाचन क्षेत्रको अंक गणित ?

नेपालभ्युज

देउवा, ओली र प्रचण्डको क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

काठमाडौं। चुनावपछि पनि ‘सत्ताको चाबी’ नफुत्कियोस् भनेर सत्तारुढ गठबन्धनका शीर्ष नेताले एक अर्का दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिइसकेका छन्।

नेपाली कांग्रेसभित्र पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले चुनावपछि संसदीय दलमा आफ्नो पक्षको सहज बहुमत आओस् भन्ने चाहेर टिकट बाँडेका छन्। त्यसको कारण हो चुनावपछि यही गठबन्धन कायमै राखेर फेरि प्रधानमन्त्री बन्ने।

यता नेकपा एमाले पनि चुनावपछि सत्ता आफ्नो हातमा फर्कियोस भन्ने चाहिरहेको छ । जनता समाजवादी पार्टी (जसपा)देखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सम्मका शक्तिसँग सहकार्य गर्दै चुनावमा होमिएको एमालेले अरू दलका कार्यकर्ता तानेर बलियो बन्ने रणनीति लिएको छ।

माओवादी केन्द्र भने तेस्रो दल नै भए पनि सरकार बनाउन निर्णायक हुने र गठबन्धन कायमै राखेर प्रधानमन्त्री लिने दाउमा छ। चुनावपछि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका प्रमुख तीन ठूला दलका नेतृत्वकर्ता शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड प्रत्यक्ष चुनावी मैदानमा छन्।

उनीहरू भारी मतले जितेर सांसद हुँदै प्रधानमन्त्रीको कुर्सीमा बस्न चाहन्छन्। कस्तो छ त तीन शीर्ष नेताको अवस्था ?

आफ्नै क्षेत्रमा मेयर हारे पनि ओली ढुक्क

एमाले अध्यक्ष ओली यसअघि निर्वाचन जित्दै आएको झापा–५ मा फेरि उम्मेदवार बनेका छन्। यो क्षेत्रमा चार वटा स्थानीय तह छन्। दमक नगरपालिका र कमल गाउँपालिको पूरै भूभाग ५ नम्बरमा पर्छ। दमकको मेयरमा एमाले पराजित भएको थियो।

गौरादह नगरपालिकाका वडा १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा ३, ४, ५, ६ पनि उक्त क्षेत्रमा पर्छन्। २०७४ सालको निर्वाचनमा संघ र प्रदेश सवैतिर एमालेले जितेको थियो। ओलीले ५७ हजार १३९ मत ल्याएका थिए। प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मात्रै मत पाए । मतान्तर २८ हजार ८२४ को थियो ।

गत वैशाखको स्थानीय चुनावमा दमकका १० वडामध्ये सातवटामा एमाले, दुईवटामा कांग्रेस र एउटामा राप्रपा विजयी भयो ।

ओलीको क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारले ल्याएको मत ४१ हजार १२७ छ। कांग्रेसले २२ हजार ८२ मत, माओवादीले १० हजार ८७७ मत, नेकपा एसको ३ हजार ५०२ मत र राप्रपाको १ हजार ८६० मत छ। यही मत जोडघाटाउ गर्दै एमाले नेताहरू यसपटक झन् भोट बढ्ने आँकलन गर्छन्।

ओलीको क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारले ल्याएको मत ४१ हजार १२७ छ। कांग्रेसले २२ हजार ८२ मत, माओवादीले १० हजार ८७७, नेकपा एकीकृत समाजवादीले ३ हजार ५०२ र राप्रपाको १ हजार ८६० मत छ। यसको जोडघटाउ गर्दै एमाले नेताहरू यसपटक झन् भोट बढ्ने आकलन गरिरहेका छन् । ओलीका लागि यसपटक पनि पुरानै प्रतिस्पर्धी छन् । प्रधानमन्त्री बन्ने सम्भावना समेत रहेकाले ओलीका लागि चुनाव जित्न धेरै कठिन नहुने अनुमान गरिएको छ ।

देउवा भन्छन्- चुनाव जित्न कुनै आइतबार छैन

डडेलधुरामा कहिल्यै नहारेका शेरबहादुर देउवा यसपटक भने माओवादी केन्द्रसँग तालमेल गरेर चुनावमा भिडेका छन्।

‘चुनाव जित्न कुनै आफूलाई कुनै आइतबार’ नभएको देउवाले बताउँदै आएका छन्। देउवा गठबन्धनमा छन्। तर गठबन्धन नभए पनि अघिल्लो चुनावको मतभार हेर्दा डडेलधुरामा कांग्रेसकै मत धेरै छ। तर, उनका विश्वासपात्र मानिएका कर्ण मल्लले पार्टी नै फुटाएर देउवाविरुद्ध उम्मेदवारी दिएका छन् ।

‘चुनाव जित्न कुनै आफूलाई कुनै आइतबार’ नभएको देउवाले बताउँदै आएका छन्। सरसरती हेर्दा देउवालाई गठबन्धनबाट करिब ७० प्रतिशत भोट आउनेमा कांग्रेसका नेताहरू ढुक्क छन्।

गएको स्थानीय चुनावका आधारमा डडेलधुराको अंकगणित हेर्दा कांग्रेसले २१ हजार ७३५ मत पाएको देखिन्छ। दोस्रो स्थानको माओवादी केन्द्रले १२ हजार ८७८ मत ल्याएको छ ।

यस्तै, नेकपा एमालेको १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बीपीले ३ हजार ६०३ मत पाएको छ। यसपटक एकीकृत समाजवादी र कांग्रेस बीपीले तालमेल गरेका छन् । यसरी हेर्दा देउवालाई गठबन्धनबाट करिब ७० प्रतिशत भोट आउनेमा कांग्रेसका नेताहरू ढुक्क छन्।

ठूलो उथलपुथल नभए देउवालाई पनि चुनाव जित्न कठिन नहुने देखिन्छ ।

गोरखामा प्रचण्ड ढुक्क

चितवन–३ लाई आफ्नो निर्वाचन क्षेत्रको रूपमा प्रस्तुत गर्दै आएका माओवादी अध्यक्ष ‘प्रचण्ड’ यसपालि गोरखा– २ बाट उम्मेदवार बनेका छन्। २०६४ को निर्वाचनमा प्रचण्ड काठमाडौं– १० र रोल्पा– २ बाट निर्वाचित भएका थिए। २०७० मा भने उनी काठमाडौं– १० र सिरहा– ५ बाट उम्मेदवार बनेका थिए। तर, काठमाडौं– १० मा पराजित भए।

२०७४ को निर्वाचनमा चितवन–३ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेर जितेका उनले यस पटक गोरखा रोजेका छन्।

यसरी हेर्दा गोरखा-२ मा सत्ता गठबन्धनको अत्यधिक मत छ । पहिलो, दोस्रो र चौथो भएको दल एकातिर र तेस्रो दल अर्कातिर भएको छ । त्यसैले, प्रचण्डका लागि चुनाव जित्न कुनै अप्ठेरो नहुने देखिन्छ । बरु उनको मतान्तर कति ठूलो हुन्छ भन्ने मात्रै चासोको विषय हो । 

स्थानीय तह निर्वाचनको नतिजा हेर्दा गोरखा– २ मा वडाध्यक्षले पाएको मतमा माओवादी नै पहिलो छ । माओवादीले २२ हजार २५० मत पाएको थियो । कांग्रेसले २१ हजार ५७८ र एमालेले जम्मा ८ हजार ४८४ पाएको थियो। बाबुराम भट्टराईसहितको जनता समाजवादी पार्टी (जसपा)ले ७ हजार ५०४ मत ल्याएको थियो ।

गोरखामा जसपाको अधिकांश हिस्सा अहिले विभाजनपछि नेपाल समाजवादी पार्टीमा लागेको छ ।  यसरी हेर्दा गोरखा-२ मा सत्ता गठबन्धनको अत्यधिक मत छ । पहिलो, दोस्रो र चौथो भएको दल एकातिर र तेस्रो दल अर्कातिर भएको छ ।

गठबन्धनको विगतको मतमा प्रचण्डका कारण अझ थपिने माओवादी नेताहरू बताउँछन्। त्यसैले प्रचण्डका लागि चुनाव जित्न कुनै अप्ठेरो नहुने देखिन्छ । बरु उनको मतान्तर कति ठूलो हुन्छ भन्ने मात्रै चासोको विषय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved