रुपन्देही–२ : गठबन्धनका गुरुङको उम्मेदवारी तत्कालका लागि कायम

नेपालभ्युज

रुपन्देही–२ : गठबन्धनका गुरुङको उम्मेदवारी तत्कालका लागि कायम

काठमाडौं । रुपन्देही- २ बाट मनोनयन दर्ता गराएका गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी तत्कालका लागी कायम गरिएको  छ । रुपन्देही- २ स्थित  निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्च अदालतको आदेशपछि गुरुङको उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि उक्त कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी  खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको सोमबार एक सूचनामार्फत जानकारी दिए ।

‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९/०६/२५ मा भएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’  सूचनामा भनिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved