विजय गच्छदार, प्रभु साह, सरिता गिरीलगायत ९ जनाको उम्मेदवारीविरुद्ध सर्वोच्चमा रिट

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ। नैतिक पतन तथा फौजदारी कसुरमा मुद्दा खेपेका उनीहरुविरुद्ध अधिवक्ता अनिल आचार्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

नेपालभ्युज

विजय गच्छदार, प्रभु साह, सरिता गिरीलगायत ९ जनाको उम्मेदवारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ। नैतिक पतन तथा फौजदारी कसुरमा मुद्दा खेपेका उनीहरुविरुद्ध अधिवक्ता अनिल आचार्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

नैतिक पतनका मुद्दा खेपेका विजयकुमार गच्छदार, सरिता गिरी, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, टेक बहादुर गुरुङ, लक्ष्मी महतोविरुद्ध उजुरी परेको छ। यस्तै युद्धविक्रम तामाङ र रेवतराज पुरीले दिएको उम्मेदवारी खारेज गरी पाउँ भनी अधिवक्ता आचार्यले रिट दायर गरेका हुन्।

नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयकुमार गच्छदारलाई उम्मेदवार बनाएको छ। तनहुँको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा गोबिन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विक्रम पाण्डेले चितवन जिल्ला क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन्।
प्रभु साहले रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। यस्तै सरिता गिरीले सिरहाको क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छन्।

टेक बहादुर गुरुङले मनाङ जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन्। लक्ष्मी महतोले महोत्तरी क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन्।

डी. बी. तामाङ भन्ने युद्धविक्रम तामाङले सिन्धुपाल्चोक क्षेत्र नं.१(क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन्।
गगन भन्ने रेवतराज पुरीले झापा जिल्ला क्षे.नं. ५ (ख) बाट नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved