महिला क्रिकेटमा मधेश प्रदेशको लगातार दोस्रो जित

नेपालभ्युज

महिला क्रिकेटमा मधेश प्रदेशको लगातार दोस्रो जित

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा मधेस प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पोखरामा बिहीबार भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनायो । उसका लागि साना प्रभिनले ३५ रन र गोमा आलेले १० रन बनाए । सुदूरपश्चिमका लागि सावित्री धामीले ४ तथा याशु पाण्डे र मनीषा चौधरीले १–१ विकेट लिए ।

९२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनायो । उसको लागि ऋतु कनौजियाले २७ र रुबी पोद्दारले १२ रन बनाइन्। मधेसका सन्तोषी चौधरी, शान्ति चौधरी र अनुरोधा चौधरीले २–२ तथा सरस्वती कुमारीले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved