बाराको प्रसौनी गाउँपालिकामा एकै परिवारका तीनजना मृत फेला 

नेपालभ्युज

बाराको प्रसौनी गाउँपालिकामा एकै परिवारका तीनजना मृत फेला 
प्रतिकात्मक तस्वीर

वीरगञ्ज। बारामा एकै परिवारका तीनजना मृत भेटिएका छन् । मृत भेटिएकामा  २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँभन्दा २ किलोमिटर उत्तरी क्षेत्रमा उनीहरुको शव फेला परेको हो।

शव फेला परेको जानकारीपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved