कर्णालीमा बाढीपहिरोका कारणले मृत्यु हुनेको संख्या ३५ पुग्यो

नेपालभ्युज

कर्णालीमा बाढीपहिरोका कारणले मृत्यु हुनेको संख्या ३५ पुग्यो
फाइल तश्वीर

सुर्खेत। कर्णालीका दश जिल्लामध्ये आठ जिल्लामा बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु भएको छ । असोज १९ गतेदेखि आएको बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका परेर असोज १९ गतेदेखि असोज २६ गते बिहानसम्म बाढीपहिरोका परेर कर्णाली प्रदेशभरि ३५ जनाको मृत्यु २० वेपत्ता र २३ जना घाइते भएको छन् ।

बाढीपहिरोमा परेर सबैभन्दा बढी जुम्ला जिल्लामा १० जनाको मृत्यु भएको छ भने सबैभन्दा कम दैलेखमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर मुगुमा ८ जना, कालिकोटमा ५ जना, हुम्लामा ४ जना, जाजरकोटमा ३ जना, सल्यान र डोल्पामा २-२ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर सबैभन्दा बढी कालिकोट जिल्लामा वेपत्ता भएका छन् । कालीकोटमा बाढीपहिरोमा परेर एक प्रहरी जवानसहित १८ जना, जुम्ला र दैलेखमा एक-एक जना वेपत्ता भएका छन् ।

त्यस्तै, बाढीपहिरोमा परेर कालीकोटमा ७ जना, हुम्लामा ६ जना, मुगुमा ५ जना, जुम्ला ३ जना, जाजरकोट र रुकुमपश्चिममा एक-एक जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

झण्डै २९ सय घरपरिवार विस्थापित

बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा दश जिल्लाका ४ सय ८० घरका २ हजार ८ सय ८९ घरपरिवार विस्थापित भएका छन् ।

सुर्खेतका ८ घरका ४५ घरपरिवार, दैलेखका १ सय ३ घरका ५ सय ११ घरपरिवार, जाजरकोटका २ घरका १० घरपरिवार, सल्यानका ९ घर, रुकुमपश्चिमका ३ घरका ११ घरपरिवार, जुम्लाका ८६ घरका १ हजार एक सय १३ जना, कालिकोटका ४८ घरपरिवारका ३ सय ४४ जना, मुगुका १ सय ७८ घरका ७ सय घरपरिवार, हुम्लाका ४० घरपरिवारका १ सय ५५ घरपरिवार र डोल्पाका चार घर विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved