काठमाडौं-५ : एमालेले गठन गर्‍यो ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेपालभ्युज

काठमाडौं-५ : एमालेले गठन गर्‍यो ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी

काठमाडौं । आगामी मंसिर  ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागी नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।

उक्त कमिटीमा जिल्लाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यहरू  रहेका छन् ।सो  कार्यक्रमलाई सम्बोधन गर्दे  एमाले काठमाडौं ५ का उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति  दुई ध्रुवमा बाँडिएको बताए ।

उनले  एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरेको बताउँदै अबको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने दाबी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved